Blog Single

काठमाडौं । दुवै मृगौला फेल भएर उपचारका लागि अस्पताल भर्ना भएका गायक पूर्ण गु?ङलाई गायिका सुनिता दुलालले ५० हजार रुपैयाँ सहयोग गरेकी छन् । उनले गुरुङको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह पनि गरेकी छन् । 

“कलाकार कुनै जाती, भाषा, रङ्ग, समुदाय र भूगोलको हुँदैन । परेका बेला सहयोग गर्नु नै मानवीय धर्म हो भने नैतिकता पनि । म फेरि पनि आग्रह गर्छु भगवानले एक पठक दिएको यो सुन्दर जीवन बचाउन पूर्ण दाईलाई सबैले सकेको सहयोग गरौं,” उनले भनिन्, “उहाँलाई गरेको सहयोग फगत उहाँका लागि मात्रै हैन, कला र गलासँगै नेपाली कला, संस्कृति संरक्षणका लागि गरेको सहयोग पनि हुने छ ।” 

दुवै मृगौलाले काम नगरेपछि गुरुङलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको छ ।  गुरुङ गायकसँगै एरेन्जर पनि हुन् । उनकी श्रीमती सुमी गुरुङ पनि गायिका हुन् । श्रीमती गुरुङले पैसाको अभावमा उपचार गर्न नसकिएको भन्दै सहयोगका लागि आग्रह गरेकी थिइन् ।  

टिचिङको एनएस टुु ६०७ नम्बर बेडमा रहेका गुरुङको उपचारका लागि सहयोग गर्न चहानेले ग्लोबल आईएमई बैंकमा रहेको उनको खाता नम्बर ३६०७०१००१०८८५ मा पैसा जम्मा गर्न सक्नेछन् । 

९ वर्ष अगाडि मृगौलामा समस्य देखिएपछि उपचार गरे पनि फेरि दुवै मृगौलले काम गर्न छोडेको हो । उपचारमा सम्लग्न चिकित्सकका अनुसार गुरुङको उपचारका लागि ५ देखि २० लाख रुपैयाँ लाग्छ । 

Source: 12khari.com