Blog Single

सिन्धुपाल्चोक । गत वर्षको वैशाख १२ र २९ गतेको भूकम्प हामी नेपालीका लागि अभिशाप बनेर आयो । यसले तपाइँहामीबाट कति परिवारकै सदस्य त कति आफन्तजनलाई चुँडेर लग्यो । भूकम्पले पुर्याएको क्षति र त्यसले पारेको अप्रत्यक्ष असरको त कुनै लेखाजोखा नै छैन । 
तर, पनि तपाइँ हामी आफ्नो मन बलियो बनाएर बाँचेका छौं । हुन त यसको विकल्प पनि नहुँदोरहेछ । यद्यपी त्यो दुःखको घडीमा हामीलाई साथ र सहयोग गर्ने असंख्य देश भित्र र बाहिर बस्ने नेपाली हातहरु प्रति सलाम छ । सहयोगी विदेशी मनप्रति आभार छ ।  
यस्तै सहयोग गर्ने अवसर मलाई पनि जुर्यो । सहयोगका लागि संयोजनको भूमिका निर्वाह गर्ने मौका मिल्यो, यसका लागि म आफैंलाई भाग्मानी पनि ठान्छु । 
गत साता सिन्धुपाल्चोकको खमारेस्थित श्री रामेश्वर माध्यमिक विद्यालय खमारे स्कुललाई सहयोग गर्ने अवसर प्राप्त भयो । उक्त स्कुलका १ देखि कक्षा १० सम्मका ३०३ जना विद्यार्थी भाइ बहिनी र सोही विद्यालयमा कार्यरत २५ शिक्षक शिक्षिकालाई पोशाक प्रदान गरें । 
सोही जिल्लाको नाम्फास्थित अर्को घिउलदेवी निम्न माध्यमिक विद्यालयलाई आवश्यक सम्पूर्ण फर्निचर वितरण गर्ने मौका मिल्यो यसका लागि म आफैंले आफैंलाई भाग्यमानी ठानेकी छु । 
यो मेरो सहयोगी अभियानमा सहयोग गर्नेहरुप्रति म कृतज्ञ छु । योर्क नेप्लिज कमिटी (वाइएनके) का अध्यक्ष गोपाल पुन र महासचिव दुर्गा गुरुङको विशेष पहल र बीजीएनसीका महासचिव भरतमनी चोङबाङ लिम्बु (भरुपाल) दाइको सहयोगमा ९८ हजार रुपैयाँ सहयोग संकलन गरेर महासचिव गुरुङ दाइले सहयोगका लागि मलाई विश्वास गरेर जिम्मेवारी दिनु भयो । म प्रतिको यो गहिरो विश्वासका लागि दाइलाई धेरै धेरै धन्यवाद । यसैगरी वेसिङस्कोट नेप्लिज कम्युनिटीका उपाध्यक्ष ओम गुरुङ र प्रोपर्टी मेनेजर दुर्गा गुरुङले एक लाख रुपैयाँ सहयोग गुर्न भएको छ । उहाँहरुप्रति हार्दिक आभार ।
यस्तै ५ हजार एक सय सहयोग गर्नु हुने मेजर एमओभीएमबीई जयबहादुर गुरुङ र स्थायी घर पोखरा भएर हाल युके रहनु भएका रामचन्द्र गुरुङले ४ हजार सहयोग गर्नु भएको छ । उहाँहरुप्रति म आभार प्रकट नगरीरहन सक्तिन । 


उहाँहरुको सहयोगी मन र आर्थिक सहयोगसँगै मैले पनि आर्थिक सहयोगस्वरुप केही रकम थपेर विद्यालयलाई सहयोग गर्न सकियो । यो पुण्यकार्यमा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ । यस्तो सहयोग आगामी दिनमा गर्ने अठोट गर्न पनि चहान्छु । 
यो अठोट मलाई विद्यालयमा सहयोग प्रदान गर्न जाँदा विद्यार्थी, शिक्षक, शिक्षिका र स्थानीय अभिभावकले गर्नु भएको सम्मानले गर्न बाध्य बनाएको छ । उहाँहरुको सम्मानले मलाई थप जिम्मेवारी थपिदिएको महसुस भएको छ । उहाँहरुले मलाई लगाइदिनु भएको सयभन्दा बढी खादा र फूलको मालाले मलाई थप केही गर्नु पर्छ भन्ने उर्जा थपिदिएको छ । 
साना साना नानी दिखि शिक्षक शिक्षिका र अभिभावकले मलाई सम्मनका साथ सक्कली मनले सक्कली माला र खादा पहिर्याउँदा मेरा आँखाका डिलमा आसु भरिए । घाटिँ भरिएर आयो । म एक छिन बोल्नै सकिन । यति सानो सहयोगले उहाँहरुको मुहारमा छाएको चहकिलो कान्तिले मैले अझै केही गर्नुपर्छ भन्ने संकल्प गरेकी छु । सामाजिक कामम हिड्न प्रेरणा मिलेको छ । 
ति सुन्दर, सुकोमल र निष्कलंक मनहरुलाई मेरो ह्रदय देखिको नमन !