Blog Single

काठमाडौं । नेपाली ताराबाट आफूलाई चिनाउन सफल स्वरकी धनी गायिका २१ वर्षीया बैनी जलजला परियार अहिले मृत्युसँग लडिरहेकी छिन् । 

उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टिचिङ हस्पिटलको शैय्यामा मृत्युसँग जुधिरहेकी छिन् । उनलाई उपचारका लागि अहिले आर्थिक सहयोगको खाँचो छ । उनलाई मैले सकेको सानो सहयोग स्वरुप १० हजार उपलब्ध गराएकी छु । 

अमेरिका बस्ने मेरो दिदीकी छोरीहरु सुप्रिया बिष्ट र सोफी बिष्टको तर्फबाट पनि १० हजार रुपैयाँसहित २० हजार सहयोग गरेकी छु । 

जलजला बहिनीको (२००००) सिघ्र स्वाथ लाभको कामना गर्दै कृपया तपाईं पनि सहयोग गर्न आग्रह गर्छु । 
सहयोग गर्न चहानेले ग्लोबल आएइमई बैंकको खाता नम्बर ३५०७०१०००६५७६ (नारायणबआदुर दर्जी) मा पैसा जम्मा गर्न सक्नुहुनेछ । अथवा ९८४३६०३००५ मा फोन गरेर सहयोग रकम हस्तान्तरण गर्न सक्नुहुनेछ ।