Blog Single

काठमाडौं । आफ्नै दाइ धमेश दुलालसँग अन्तर्वार्तामा बस्ने मौका मिल्यो । यो मौका जुराइदिनु भएकोमा झंकार संगीत संवाद र दाई सुवास रेग्मीलाई धन्यवाद । म प्रावि तहमा पढ्दै गर्दा दाइका गीत लोकप्रिय थिए । उहाँ नै यो क्षेत्रमा लाग्नका लागि मेरो आर्दश पात्र बन्नु भयो ।

म सुरुमा सञ्चारकर्ममा प्रवेश गरें । बिस्तारै साथीसंगी यही क्षेत्रका बढ्दै गएपछि सानैदेखि नाच्ने गाउने म पनि यतैतर्फ आकर्षित भएँ । कतिले दाइकै कारण मरो लोकप्रियता चुलिएको भनेर टिप्पणी गरेपनि मेरो स्वर र संगीतप्रतिको झुकाव नै मुख्य कारण हो जस्तो मलाइ लाग्छ । निश्चय नै दाइका कारण मलाई केही सहज भयो । रेकर्डिङमा जाँदा म धमेश दुलालकी बहिनीभन्दा उहाँहरुले मलाई हेर्ने दृष्टिकोण फरक हुन्थ्यो ।

तर, संगीतमा सफल हुन आफैले संघर्ष गर्नुपर्छ, राम्रो गीत दिन सक्नुपर्छ । इमेज च्यानलमा मैले ‘उकाली ओराली’ कार्यक्रम चलाउँदा मलाई धेरैले गायिका तथा कार्यक्रम प्रस्तोता भनेर चिन्नु भयो । अझै पनि मलाई त्यही कार्यक्रम सुनेको भरमा स्टेज कार्यक्रमका लागि आग्रह गर्नुहुन्छ । मलाइ प्राय हरेक अन्तर्वार्तामा नेपामा गीत गाएर बाँच्न सकिन्छ ? भनेर सोध्नु हुन्छ । मेरो सँधै एउटै जवाफ रहन्छ, कसरी बाँच्ने भन्ने कुरा मुख्य हो ।